सिटिजन्स बैंकले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह गृह निर्माणका लागि सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन शव दाह गृहलाई सहयोग गरेको हो ।
उक्त शव दाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने विश्वास लिइएको छ ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरे ।
हालै मात्र ूबैंक अफ द ईयर अवार्ड २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंकको देशभरीका २ सय शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग
- Advertisement -













