Sunday, June 7, 2026
spot_img

बजेटले बैंकिङ क्षेत्रको मनोबल बढेको छ: बैंकर्स संघ अध्यक्ष केसी

spot_img
spot_img

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बजेटले बैंकिङ क्षेत्रको मनोबल बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विषम परिस्थितिमा पनि आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट सन्तुलित तथा समयसापेक्ष भएर आएको बताए । उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको बताए । यसले बैंकिङ क्षेत्रलाई निकै फाइदा हुने विश्वास गरिएको पनि उनले बताए ।

यस्तै, निजी क्षेत्रलाई सँगसँगै अगाडि लैजाने बजेटमा आउँदा बैंकलाई लगानी बढाउने अवसर पनि हुने उनले बताए । अधिक तरलता भएको अहिलेको अवस्थामा लगानीका लागि थप सहज हुने उनको भनाइ छ । यसका लागि बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको उनले घोषणा गरे ।

सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रीय कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई कर छुट दिनुपर्ने जस्ता सुुझाव राखिएपनि पूरा नभएको गुनासो उनले गरे । यद्यपि, विदेशबाट ऋण ल्याउँदा ब्याजदरमा लाग्ने कर घटाइनु राम्रो पक्ष भएको उनको भनाइ छ ।

सबै सरकारी अफिस, मालपोत तथा कर कार्यालय बैंकिङ प्रणालीमा जोड्ने बजेटको उद्देश्य स्वागतयोग्य भएको बताउँदै उनले यस नीतिका कारण बैंकको लागत पनि कम हुने अपेक्षा गरिएको बताए । बैंकको सुरक्षा लगायतमा सचेतना कार्यक्रम गर्ने लक्ष्य बजेटमै आउँदा बैंकिङ क्षेत्रको मनोबल बढेको उनले बताए । यस्तै आगामी दिनमा मौद्रिक नीतिले केही विषयहरूलाई अगाडि बढाउँदा बजेटले लिएका लक्ष्य पूरा गर्न सहज हुने अध्यक्ष केसीको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम...

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले...

’बुद्धभुमि नेपाल हाइड्रो क्रमश नाफामा जाँदै छ, अर्को वर्षबाट लाभांश दिन सक्छौं’

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन...
spot_img