Friday, April 10, 2026
spot_img
spot_img

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा न्यौपाने र सापकोटाको बढुवा, अब डेपुटी गभर्नरको पनि दाबेदार

spot_img
spot_img

नेपाल राष्ट्र बैंकको रिक्त दुई कार्यकारी निर्देशकको पदमा हिम प्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटाको बढुवा भएको छ। राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले क्रमश पहिलो र दोस्रो बरियताका निर्देशक रहेका उनीहरुलाई रिक्त कार्यकारी निर्देशक पदमा बढुवा गरिएको जनाएको छ।

राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहने व्यवस्था छ। केहि दिन अघि मात्र सरकारले कार्यकारी निर्देशक रहेका किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो। यस संगै उनको कार्यकारी निर्देशक पद रिक्त भएको थियो। त्यस्तै उमेर  हदको कारण कार्यकारी निर्देशक रोशन सिग्देलले अनिवार्य अवकाश पाएका थिए। सो संगै उनी रहेको कार्यकारी निर्देशक पद पनि रिक्त भएको थियो। यसरी दुई जनाको कार्यकारी निर्देशकको पद रिक्त भएको थियो। आज दुवै पदमा पदपूर्ति भएको हो ।

अहिले सरकारले एक जना डेपुटी गर्भनर मात्र नियुक्त गरेको छ । राष्ट्र बैंकमा अझै एक डेपुटी गभर्नरको पद रिक्त छ। सरकारले कार्यकारी निर्देशकहरु मध्येबाट थप एक जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने छ। डेपुटी गभर्नरको लागि सबै कार्यकारी निर्देशक दाबेदार हुने भएकोले आज बढुवा भएका दुवै जना डेपुटी गभर्नरको दाबेदार पनि भएका छन् । सरकारले अर्को एक जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर नियुक्त गरे पनि अर्को एक कार्यकारी निर्देशकको पद पनि रिक्त हुने छ।

यस अघि : राष्ट्र बैंकमा दुई जना कार्यकारी निर्देशक पद रिक्त, कसको हुन्छ बढुवा ?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनआईबीएल इक्विटी पार्टनर्सद्वारा गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी

एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड...

महासंघको निर्वाचन कार्यक्रम स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्बन्धि कार्यहरु स्थगित गरिएको...

सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहित २८ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक...

प्रधानमन्त्रीले आफैसँग राखे श्रम मन्त्रालय, अब मन्त्रिपरिषद् १४ सदस्यीय मात्र

प्रधानमन्त्री वालेन्द्र शाह आफैले श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

शुक्रबार रातिबाट संसद अधिवेशन अन्त्य हुने

सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन चैत २७ गते...

अदालतले १५ दिनभित्र गरिसक्नु भनेको काम नगर्दा रोकियो महासंघको साधारणसभा, के थियो विवाद ?

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र चुनाव रोकिने भएको...
spot_img