सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहित २८ जना विरुद्ध मुद्दा दायर

spot_img
spot_img
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ,  प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल,  भन्सार अधिकृतहरु रमेशकुमार खतिवडा र सुवेन्द्र श्रेष्ठ, नायब सुब्बाहरु सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोईराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो ।
सोही प्रकणमा ‘राहुल’ भन्ने रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल,  दिपेश बस्नेत,  गोपाल सुवेदी,  दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हाङ सोङ र दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ र भारतीय नागरिक साहेव रावविरुद्ध मुद्दा दायर भएको छ ।
आयोगले उनीहरुविरुद्ध जनही सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अन्तर्राष्ट्रिय समुुदायलाई जलाशययुक्त आयोजनामा लगानी गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार...

सरकारविरुद्द ७ अर्बको मुद्दा हाल्ने तयारी

सरकारले निर्यात बापतको नगद अनुदान नदिएपछि उद्योगीहरु अदालत जाने...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

मङ्सिर २ गतेदेखि Citizens Super 50 फण्डको इकाई निष्काशन गर्दै सिटिजन्स क्यापिटल

सिटिजन्स क्यापिटलले मङ्सिर २ गतेदेखि Citizens Super 50 नामक...

हिम पर्वत हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजदेखि

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आज कार्तिक ११ गतेदेखि पहिलो...

इप्पानले खोज्यो विद्युत् व्यापारको अनुमति पाउने सुनिश्चितता, राख्यो ४ माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत्...