नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा किरण पण्डित नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहेका पण्डितलाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकमा दुई जना डेपुटी गर्भनर पद रिक्त रहे पनि सरकारले आज एक पदमा मात्र नियुक्ति गरेको हो ।
गत फागुन २४ गतेदेखि नेपाल राष्ट्र बैंकका दुवै डेपुटी गभर्नरको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा डेपुटी गभर्नर पद रिक्त थियो। डेपुटी गभर्नर रहेका डा.निलम ढुंगाना र बम बहादुर मिश्रको कार्यकाल गत फागुन २४ गते सकिएको थियो।













