घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवा लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
सम्झौतामा घाम ऊर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।
घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवाले ५ देखि २० वर्षको विद्युत खरिद सम्झौता (PPA) मोडेलमा व्यावसायिक र औद्योगिक संस्थाहरूलाई छतको सौर्य समाधान प्रदान गर्दछ । कम्पनीले सोल्टी होटल, सारस बेभरेजेस, गोर्खा ब्रुअरी, अरिहन्त इन्फ्रास्ट्रक्चर्सको जस्ता दर्जनौ प्रतिष्ठित संस्थाहरूका लागि छाना माथि अफ ग्रिड सौर्य परियोजनाहरू सफलतापूर्वक स्थापना गरेको छ।
यस कम्पनीमा ग्लोबल इक्विटी फन्ड द्वारा व्यवस्थित स्थायी पूँजी कोष, नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको पनि लगानी छ।









