Sunday, August 9, 2026
spot_img

टाइम फर्मास्युटिकल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने, नेप्सेसँग सम्झौता

spot_img

नवलपरासी जिल्ला गैडाकोट न.पा वडा नं. ०४, स्थित टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेसँग सम्झौता गरेको छ ।

बुक विल्डिङ्ग निर्देशिका अनुसार शिलबन्दि बोलपत्र दर्ता गर्ने, बोलपत्र खोल्ने र सो को निर्णय गर्ने कार्य गर्नको लागि कम्पनीले शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन सम्झौता सम्पन्न गरेको हो। सम्झौतामा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई र टाइम फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० दरको ४ लाख ३४ हजार ६ सय कित्ता साधारण शेयर बुक बिल्डिङ्ग बिधि मार्फत योग्य संस्थागत लगानीकर्ताहरुको लागि निष्काशन गर्न लागेको हो । कम्पनीले रु. १०,८६,५०,००० (अक्षरेपी दश करोड छयासी लाख पचास हजार मात्र) रकम बराबरको १०,८६,५०० कित्ता साधारण शेयर बुक बिल्डिङ्ग बिधि मार्फत शेयर निष्काशन गर्ने तयारी गरेको हो। उक्त शेयर मध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारण को लागि सार्वजनिक निष्काशन  गरिने कम्पनीले जनाएको छ । उक्त शेयर जारी पश्चात् कम्पनीको चुक्ता पूँजी ५३ करोड पुग्ने छ ।

औषधि उत्पादन गर्ने यस कम्पनीको कारखाना नवलपरासी जिल्लाको गैंडाकोटमा रहेको छ । कम्पनीले विगत ३० बर्ष देखि औषधि उत्पादन गर्दै आएको छ भने ३०० जना कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिएको छ ।  करिब २०० भन्दा बढि औंषधीहरु उत्पादन गरीरहेको कम्पनी  WHO-GMP  प्रमाणित कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img