Friday, August 7, 2026
spot_img

गत वर्ष राष्ट्र बैंकको खुद आय ८० अर्ब, सरकारलाई ४२ अर्ब दिने

spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र वार्षिक बैंकको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन अर्थमन्त्री खनालसमक्ष पेस गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित सङ्क्षिप्त कार्यक्रमका बीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१÷८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई विवरणमा प्रस्तुत गत गरिएको आर्थिक छ । वित्तीय वर्षको लेखापरीक्षणका विवरणलाई समेटिएको छ ।

प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१ / ८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्गन लाभ / हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ८.११ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ । राष्ट्र बैंक सञ्चालक समितिको मिति २०८२ कात्तिक २८ को बैठकले बैंकका विभिन्न कोषहरूमा छुट्टयाउनुपर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम रु.४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।

२०८२ असार मसान्तको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २८.२३ प्रतिशतले वृद्धि भई रु.२६ खर्ब ७१ अर्ब २३ करोड ८५ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८१ मा ‘बैंकले वासलात, आय व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष उक्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । साथै, ऐनको दफा ८३ (१) मा बैंकको लेखापरीक्षण, बैंकका कामकारबाही  र आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...
spot_img