Friday, August 7, 2026
spot_img

मङ्सिरको लागि १० वटा वाणिज्य बैंकले ब्याजदर घटाए, बाँकि १० वटाको स्थिर

spot_img

संचालनमा रहेका २० वाणिज्य बैंक मध्ये १० वटा वाणिज्य बैंकले मङ्सिर महिनाको लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बाँकि १० वटाले भने मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन्।

मङ्सिर महिनाको लागि मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकमा कुमारी बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्शियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक र हिमालयन बैंक रहेका छन् । यी मध्ये एनआईसी एशिया बैंकले  व्यक्तिगततर्फको मुद्दतीको अधिकतम ब्याजदर सर्वाधिक ०.७५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। एनआइसीले संस्थागततर्फको मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि सर्वाधिक ०.५ प्रतिशत बिन्दुले घटाएको छ।

मङ्सिर महिनाको लागि नेपाल बैंक , राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज स्थिर राखेका छन्।

मङ्सिर महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले तोकेको अधिकतम ब्याजदर औसतमा ५.०४ प्रतिशत रहेको छ। कार्तिकमा  व्यक्तिगत मुद्दती निक्षेपमा वाणिज्य बैंकहरुले तोकेको अधिकतम ब्याजदर औसतमा ५.२० प्रतिशत थियो । अर्थात् मङ्सिरको लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१६ प्रतिशत बिन्दुले घटाएका छन् ।

वाणिज्य बैंकहरुले मङ्सिरको लागि तोकेको संस्थागत निक्षेपतर्फको अधिकतम औसत ब्याज भने ३.५८ प्रतिशत रहेको छ। जुन कार्तिकको महिनाको तुलनामा ०.०७ प्रतिशत बिन्दुले कम हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार...

सरकारको उपहार योजनाः २५० रुपैयाँको सामान किन्दा एक उपभोक्ताले जिते १० लाख (सूची)

सरकारले सुरु गरेको ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमको पहिलो घोषणा...

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...
spot_img