भदौ २४ गतेको जेनजीको प्रदर्शनको क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको दुई वटै घर जलाईए। उनले भावुक हुँदै फेसबुकमा बिहीबार स्ट्याटस लेखे। आफ्नै दुख, मेहनत र कमाईले बनाएर घरमा आगजनी भएको, तथा बृद्ध बुबा आमा बस्ने घर पनि निशानामा बनाइए पछि उनी भावुक भएका थिए। उनले आफुले कसैलाई पैसा मागेको वा खाएको खबर भए रिपोर्ट गर्न पनि आग्रह गरे ।
अब भने उनी आफ्नो दुवै घर जलेको पीडा भुलेर काममा फर्किएका छन् । र अब उनले अरुको पीडा र समस्या सुन्न थालेका छन् ।
त्यसैक्रममा आज उनले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग भेट गरेका छन्। भदौ २३ र २४ गतेको प्रदर्शन र त्यसले पारेको असरबारे गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
प्रदर्शनको क्रममा बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीलाई पनि ठूलो क्षति पुगेको छ। बैंकहरुलाई भन्दा उद्योगी व्यवसायीको धेरै क्षति भएको छ । उद्योगी व्यवसायीका व्यवसायमा प्रदर्शनकारीहरुले छानीछानी आगो लगाईदिएका थिए। भर्खरै खुलेको हिलटन होटेल खरानी भएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरुको पनि ठूलो लगानी छ। त्यस्तै भाटभटेनीको १२ वटा आउटलेटमा आगजनी भएको छ भने वर्णवास होटेलमा पनि आगजनी भएको छ। चन्द्रागिरी हिल्स, सिजी ग्रुपका संरचनामा पनि आगजनी भएको छ।
व्यवसायीहरुले बैंक बाट नै व्यवसाय गर्ने भएकोले व्यवसायीहरु व्यवसायमा क्षति हुँदा त्यसको असर बैंकमा पर्ने छ। सोहि कारण गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।
यस अघि : दुबै घर जलेको भिडियो हाल्दै गभर्नरले भने ‘कसैलाई पैसा मागेको वा खाएको खबर भए रिपोर्ट गरे हुन्छ’
जेनजीको आवरणमा ठूलो रोजगारदातामाथि आक्रमणः भाटभटेनीका १२ आउटलेट खरानी
जेनजी आन्दोलनः होटल उद्योगमा मात्रै २५ अर्ब क्षति, २ हजारले रोजगारी गुमाए
रोजगारदातामाथि आगो लगाएर ‘जेनजी’ले गरेको कमजोरी













