Tuesday, May 5, 2026
spot_img
spot_img

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

spot_img
spot_img

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बोलाएका हुन्।

आजको बैठकले संसद अधिवेशन आह्वान गर्नको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ । यस अघि आह्वान भैसकेको संसद अधिवेशन पनि स्थगित गरिएको थियो।

संसद अधिवेशन स्थगित गरेर सरकारले ८ वटा अध्यादेश जारी गर्नको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपतिले ८ वटै अध्यादेश जारी गरिसकेका छन् ।

यस संगै अब सरकारले संसद अधिवेशन आह्वानको लागि सिफारिस गर्न लागेको हो । यो संसदको बजेट अधिवेशन हुने छ। आगामी जेठ १५ गते संसदमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्ने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...

मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको घोषणा

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण...

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको ...
spot_img