Tuesday, May 5, 2026
spot_img
spot_img

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

spot_img
spot_img

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति नहुने आदेश गरेको छ । न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन ।”

व्यवसायी गोल्छालाई धितोपत्र र बिमासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले यही वैशाख १४ गते पक्राउ गरेको थियो । सर्वोच्च अदालतले हिजो उनलाई धितोपत्र  समबन्धी कसुरमा थुनामा राख्नु आवश्यक नरहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले थुनामुक्त भएलगतै उनी बीमा सम्बन्धी कसुरमा पक्राउ परेका थिए। उनलाई म्याद थपको लागि लागिएकोले जिल्ला अदालतले म्याद थप नहुने आदेश दिएको हो । अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुनु हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...
spot_img