Wednesday, May 6, 2026
spot_img
spot_img

चेम्बरका निवर्तमान अध्यक्ष मल्लद्वारा मौद्रिक नीतिका लागि क्षेत्रगत रुपमा सुझाव पेश

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत गरेका छन् ।

जस अनुसार आउँदो मौद्रिक नीतिले ४ मुख्य प्राथमिकता अङ्गिकार गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार मौद्रिक नीतिले मुद्रास्फीति ६ प्रतिशतभित्र नियन्त्रण गर्दै मूल्य स्थायित्व सुनिश्चित गर्ने, विदेशी मुद्रा सञ्चिति बलियो बनाउने, उत्पादन र निर्यातमुखी क्षेत्रमा ऋण प्रवाह वृद्धि गर्ने र रोजगारी सृजना, लगानी प्रोत्साहन र वित्तीय पहुँच विस्तार गर्ने नीति अख्तियारी गर्नुपर्ने आवश्यकता छ ।

यसैगरी, ब्याजदर व्यवस्थापनमा पनि ३ सुझावहरु मल्लले अघि सारेका छन् । ब्याजदर व्यवस्थापनका लागि नीति दर घटाएर निजी क्षेत्रको लगानी क्षमता बढाउनुपर्ने, बचतकर्तालाई सकारात्मक वास्तविक ब्याजदर दिने वातावरण निर्माण गर्नुपर्ने र मुद्रास्फीति नियन्त्रण नभएसम्म मात्रै तरलतामा कडाइ गर्नुपर्ने उनको सुझाव छ ।

यस्तै, मुद्रास्फीति नियन्त्रणका लागि कृषि र इन्धन आपूर्तिमा सहजता ल्याउनुपर्ने, प्राथमिक उत्पादन तथा आपूर्ति श्रृंखलालाई सस्तो ऋण प्रवाह गर्नुपर्ने र दीर्घकालीन रूपमा आयातमा निर्भरता घटाउने रणनीति अख्तियारी गर्नुपर्ने मल्लको भनाइ छ ।

केन्द्रीय बैंकले प्राथमिक क्षेत्रहरूमा ऋण प्रवाह गर्दा हाल तोकिएका क्षेत्रलाई यथावत राखी सूचना प्रविधिमा लगानी बढाउने खालको नीति लिनुपर्ने पनि निवर्तमान अध्यक्ष मल्लको सुझाव छ ।

‘कृषि, पर्यटन, जलविद्युत, निर्यात, सूचना प्रविधि क्षेत्रहरूमा लक्षित ऋण प्रवाह गर्नुपर्छ’ उनले भनेका छन्, ‘साना तथा मझौला उद्यम (एसएमईज्)लाई सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउनुपर्छ । साथै, बैंकहरूलाई अनिवार्य क्षेत्रगत ऋण लक्ष्य तोक्नुपर्ने आवश्यकता छ ।’

वैदेशिक मुद्रा व्यवस्थापनतर्फ रेमिट्यान्सलाई बैंकिङ च्यानलमार्फत ल्याउन विशेष योजना बनाउनुपर्ने, पर्यटन प्रवद्र्धनमार्फत विदेशी मुद्राको आम्दानी बढाउनुपर्ने र आईटी, बीपीओ र फ्रीलान्सिङ सेवाहरूलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

यस्तै, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन वर्तमान समयमा अपरीहार्य रहेको भन्दै उनले क्यूआर, मोबाइल वालेट जस्ता डिजिटल भुक्तानीको विस्तार गर्नुपर्ने, डिजिटल कारोबारलाई कर छुट र नगद फिर्ता सुविधा दिनुपर्ने र साइबर सुरक्षामा नीतिगत सुधार गर्दै जानुपर्ने आवश्यकता पनि औल्याएका छन् ।

बैंकिङ स्थायित्व र तरलतातर्फ पूँजी पर्याप्तता अनुपात (सीएआर) सुदृढ बनाउने, गैर–सञ्चालित ऋण (एनपीए) व्यवस्थापनमा जोड दिनुपर्ने र कमजोर सहकारी र माइक्रोफाइनान्सलाई एकीकृत गर्ने रणनीति अख्तियारी गर्नुपर्ने आवश्यकतामा समेत मल्लले जोड दिएका छन् ।

हरित वित्तीय प्रणाली निर्माण गर्दै जानुपर्ने भन्दै उनले हरित बण्ड जारी गर्ने, इलेक्ट्रिक गाडी, सौर्य ऊर्जा, अग्र्यानिक कृषि, इको–टुरिजममा ऋण प्रवाह बढाउनुपर्ने पनि धारणा सार्वजनिक गरेका छन् ।

महत्वपूर्ण विषय वित्तीय समावेशिता भएको भन्दै उनले ग्रामीण क्षेत्रका लागि बैंकिङ सेवा विस्तार गर्नुपर्ने, मोबाइल र एजेन्ट बैंकिङ प्रवद्र्धन गर्नुपर्ने र केन्द्रीय बैंकले वित्तीय साक्षरता कार्यक्रमलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्ने पनि उनको सुझाव छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...

सर्वसाधारणलाई टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ आजदेखि

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि...

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...
spot_img