Monday, January 19, 2026
spot_img

बजारमा अधिक तरलता: बैंकहरुले ६३ दिनको लागि राष्ट्र बैंकमा ५८ अर्ब ४५ करोड राखे

spot_img
spot_img

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार १८ गते बजारबाट ५८ अर्ब बढी रकम खिचेको छ । राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले ६३ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिचेको हो ।

आज राष्ट्र बैंकले ६० अर्ब निक्षेप संकलन बोलकबोलको लागि सूचना जारी गरेको थियो। जसमा २२ वटा बैंक तथा वित्तीय संस्थाबाट २३ वटा विड परेको थियो । जसमा बैंकहरुले ५८ अर्ब ४५ करोड राष्ट्र बैंकमा राख्न प्रस्ताव गरेका थिए । ६० अर्ब खिच्न खोजिएकोमा कम आवेदन परेपछि राष्ट्र बैंकले आवेदन परेको जति पुरै ५८ अर्ब ४५ करोड रकम संकलन गरेको छ । यो रकमको लागि बैंकहरुले न्युनतम २.९८९९ प्रतिशत र अधिकतम ३ प्रतिशत ब्याज प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले २.९९३० प्रतिशतको भारित औसत ब्याजदरमा  रकम संकलन गरेको हो ।

बैंकहरुले ६३ दिनको लागि २.९९३०  प्रतिशतको भारित औसत ब्याजदरमा ५८ अर्ब ४५ करोड रकम राष्ट्र बैंकमा राखेका हुन् । राष्ट्र बैंकले भदौ १८ गते सो रकम फिर्ता गर्ने छ ।

के हो निक्षेप संकलन ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिन्छ। निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिन्छ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

म काम गर्ने मानिस हुँ, मलाई काम गर्ने मौका दिनुस्: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह...

चुनाव लड्न सञ्चारमन्त्री जगदीश खरेलले दिए राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएका...

समानुपातिकतर्फको बन्दसूची प्रकाशन: ५७ चिन्ह, ६३ दल, ३२१३ जना उम्मेदवार

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।...

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई...

WOW Popcorn को ८ वर्ष पुरा, भारतीय बजारमा रणनीतिक प्रवेशको घोषणा

नेपालको पपकर्न ब्रान्ड WOW Popcorn ले आफ्नो ८औं वार्षिकोत्सवको...

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले...
spot_img
spot_img