Wednesday, May 6, 2026
spot_img
spot_img

गभर्नर डा. पौडेलसँग सानिमा बैंकको शेयर हुँदा स्वार्थ बाझिन्छ ? यस्तो छ कानूनी व्यवस्था

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर भएपछि र कार्यकाल सकिएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग सानिमा बैंकको शेयर पनि रहेको देखिएपछि स्वार्थको द्वन्द्व हुने सक्ने विषय उठान भएका छन्। गभर्नर पौडेलले आफुसँग सानिमा बैंकको २ लाख ४४ हजार १ सय ७६ कित्ता संस्थापक शेयर रहेको सार्वजनिक गरेका छन् । सानिमा बैंकलाई राष्ट्र बैंकले नै नियमन गर्छ। नियमन गर्नु पर्ने संस्था कै शेयरधनी भएपछि स्वार्थको द्वन्द्व हुन सक्ने विषय उठान भएको हो।

तर स्वार्थको द्वन्द्व हुन सक्ने बारे नेपाल राष्ट्र बैंकको ऐन मै प्रष्ट व्यवस्था गरिएको छ। राष्ट्र बैंक ऐन २०५८ ले निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज लगाएको छ ।

गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको पदमा नियुक्त भईसकेपछि प्रत्येक छ महिनामा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफ्नो वा आफ्नो परिवारका सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै व्यापारिक स्वार्थ छ भने सो विषयमा समितिलाई तोकिए बमोजिम जानकारी दिनु पर्ने व्यवस्था ऐनले गरेको छ।

त्यस्तै गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर राष्ट्र बैंकको सञ्चालक समितिमा छलफल हुने रहेछ भने सो छलफल सुरु हुनुभन्दा अगावै निजले सो बारेमा समितिलाई जानकारी दिनु पर्ने व्यवस्था ऐनले गरेको छ। निजी स्वार्थ भएमा गभर्नर, डेपुटी गभर्नर वा अन्य कुनै सञ्चालक त्यस्तो छलफलमा भाग लिन नपाउने राष्ट्र बैंक ऐनमा उल्लेख छ ।

यस अघिका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरणमा आफुसँग विभिन्न बैंकको शेयर रहेको खुलाएका थिए । सो समयमा उनले आफुसँग नविल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू, सन्राइज बैंक, एभरेष्ट बैंक, मेगा बैंक , नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबि बैंक , ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंकको शेयर रहेको खुलाएका थिए ।

अहिलेकी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रले पनि आफ्नो सम्पत्ति विवरणमा आफुसँग एक दर्जन बढी बैंक तथा वित्तीय संस्थाको शेयर रहेको खुलाएका थिए ।

यस अघि : गभर्नर डा. पौडेलसँग ४५ तोला सुन र १५ लाखको हिरा, ७ कम्पनीमा १५ लाख कित्ता शेयर लगानी

spot_img
spot_img

1 COMMENT

  1. Maile Garda property publish garne culture baseko ho. Chiranjibi nepal. Mahaprasad adhikari ko maile Garda publish bhayo so yauta culture ta basyi ni. Ani sanima bank Bata Nepal rastra bank le 12000000.00 fine uthaunu parne chha. Maile hijo ujuri gari sake herau k hunchha.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...

सर्वसाधारणलाई टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ आजदेखि

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि...

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...
spot_img