Wednesday, May 6, 2026
spot_img
spot_img

गभर्नर डा. पौडेलसँग ४५ तोला सुन र १५ लाखको हिरा, ७ कम्पनीमा १५ लाख कित्ता शेयर लगानी

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर भएपछि र कार्यकाल सकिएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था अनुसार उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

डा. पौडेलले आफ्नो र आफ्नो श्रीमती प्रतिभा शर्माको नाममा भएको सम्पति विवरण सार्वजनिक गरेका हुन् । डा. पौडेलले ललितपुर र नवलपरासीको गैडाकोटमा घर भएको उल्लेख गरेका छन् । दुवै घर उनको श्रीमतीको नाममा छ। त्यस्तै उनले ललितपुरम आ १ करोड ५५ लाख र गैडाकोटमा ६० लाखमा जग्गा खरिद गरेको उल्लेख गरेका छन् । यी दुवै जग्गा पनि उनको श्रीमतीको नाममा छ। गभर्नर पौडेलले ४५ तोला सुन र १५ लाखको हिरा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

गभर्नर पौडेलले शेयरमा पनि लगानी गरेका छन् । गभर्नर पौडेलको सानिमा बैंकमा २ लाख ४४ हजार १ सय ७६ कित्ता संस्थापक शेयर, सानिमा माई हाइड्रोमा संस्थापकबाट साधारणमा परिणत भएको ९२ हजार ५७९ कित्ता शेयर, र  सानिमा मिडिल तमोर हाइड्रोमा १ लाख ८८ हजार कित्ता संस्थापक शेयर रहेको छ।

त्यस्तै उनको ग्लोबेको प्रालिमा १ लाख ८६ हजार ८ सय ३४ कित्ता शेयर, संयुक्त उर्जा हाइड्रोमा ५ लाख कित्ता शेयर, चितवन इनर्जीमा २ लाख ५० हजार कित्ता शेयर रहेको छ। त्यस्तै उनको श्रीमतीको नाममा ग्लोबेको प्रालिको ७५ हजार कित्ता शेयर रहेको छ। उनको श्रीमतीको नाममा ४४ लाखमा खरिद गरिएको सुजुकी कार पनि रहेको छ।

गभर्नर पौडेलले विभिन्न बैंकमा बचत रहेको पनि उल्लेख गरेका छन् । जसमा सानिमा बैंकमा १३ लाख २३ हजार, इन्भेष्टमेन्ट मेगा बैंकमा २ लाख ५९ हजार, र सानिमा बैंकमा ६६ डलर नगद रहेको छ। उनको श्रीमतीको नाममा सानिमा बैंकमा १२ हजार रुपैयाँ, प्रभु बैंकमा ४ लाख ७३ हजार रुपैयाँ र सानिमा बैंकमा ४४ सय ४६ डलर रहेको छ।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...

सर्वसाधारणलाई टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ आजदेखि

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि...

सिवाईसी नेपाल लघुवित्तका सीईओ डोलिन्द्र शर्माले दिए राजीनामा

सिवाईसी नेपाल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डोलिन्द्र प्रसाद शर्माले...

यी हुन् अध्यादेशका कारण अर्थ मन्त्रालय अन्तर्गतका पदमुक्त भएका २९ जना

अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका...

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...
spot_img