नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित तोकिएका छन्। राष्ट्र बैंकले जेठ २१ गतेदेखि लागु हुने गरि राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डितलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो।
वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत हुनुहुन्छ।













