spot_img

असार २९ गते सबैको र साधना लघुवित्तको बैङ्किङ कारोबार बन्द रहने, ३० गतेबाट एकिकृत कारोबार

spot_img

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएर २०८१ असार ३० गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । सम्पदा लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

यी दुई संस्थाको २०८० फागुन १९ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले २०८१ असार १३ मजरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो।

यस अघि राष्ट्र बैंकले  साधना लघुवित्त वित्तीय संस्था रहने गरी  स्वीकृति दिएपछि विवाद बढेको थियो । सबैको लघुवित्तका कर्मचारीहरुलले मर्जरपछि बन्ने लघुवित्तको नाम सबैको साधना लघुवित्त हुनु पर्ने माग सहित आन्दोलन थालेका थिए । आन्दोलनपछि सम्पदा लघुवित्तको नाममा सबै सहमत भएका हुन् ।

सम्झौता अनुसार सम्पदा लघुवित्तको अध्यक्षमा हाल साधनाका अध्यक्ष कृष्ण बहादुर थापा रहने छन् । त्यस्तै सबैको लघुवित्तका हालका सीइओ केशव कुमार पौडेल सम्पदा लघुवित्तको सीइओ बन्ने छन् । हाल साधनाको सीइओ रहेका रेशम न्यौपाने सम्पदा लघुवित्तको डेपुटी सीइओ  रहने छन् ।

दुवै कम्पनी १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । हाल साधनाको केन्द्रीय कार्यलय गोरखाको हरमटारीमा रहेको छ भने सबैकोको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ । मर्जरपछि बन्ने कम्पनीकोको केन्द्रिय कार्यालय तनहूँको डुम्रेमा रहने छ ।

एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २९ गते दुवै संस्थाले प्रदान गर्ने सम्पूर्ण बैंकिंङ कारोबार बन्द रहने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...