Sunday, June 28, 2026
spot_img

असार २९ गते सबैको र साधना लघुवित्तको बैङ्किङ कारोबार बन्द रहने, ३० गतेबाट एकिकृत कारोबार

spot_img
spot_img

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भएर २०८१ असार ३० गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । सम्पदा लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

यी दुई संस्थाको २०८० फागुन १९ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले २०८१ असार १३ मजरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो।

यस अघि राष्ट्र बैंकले  साधना लघुवित्त वित्तीय संस्था रहने गरी  स्वीकृति दिएपछि विवाद बढेको थियो । सबैको लघुवित्तका कर्मचारीहरुलले मर्जरपछि बन्ने लघुवित्तको नाम सबैको साधना लघुवित्त हुनु पर्ने माग सहित आन्दोलन थालेका थिए । आन्दोलनपछि सम्पदा लघुवित्तको नाममा सबै सहमत भएका हुन् ।

सम्झौता अनुसार सम्पदा लघुवित्तको अध्यक्षमा हाल साधनाका अध्यक्ष कृष्ण बहादुर थापा रहने छन् । त्यस्तै सबैको लघुवित्तका हालका सीइओ केशव कुमार पौडेल सम्पदा लघुवित्तको सीइओ बन्ने छन् । हाल साधनाको सीइओ रहेका रेशम न्यौपाने सम्पदा लघुवित्तको डेपुटी सीइओ  रहने छन् ।

दुवै कम्पनी १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । हाल साधनाको केन्द्रीय कार्यलय गोरखाको हरमटारीमा रहेको छ भने सबैकोको केन्द्रीय कार्यलय तनहूँको डुम्रेमा रहेको छ । मर्जरपछि बन्ने कम्पनीकोको केन्द्रिय कार्यालय तनहूँको डुम्रेमा रहने छ ।

एकिकृत कारोबारको लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले असार २९ गते दुवै संस्थाले प्रदान गर्ने सम्पूर्ण बैंकिंङ कारोबार बन्द रहने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img