Tuesday, August 18, 2026
spot_img

बैङ्कहरुको लागि ऋणपत्र निष्काशन गर्ने व्यवस्थामा हेरफेर

spot_img

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि ऋणपत्र जारी गर्ने व्यवस्थामा केही परिवर्तन गरेको छ ।  आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुको लागि एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने व्यवस्थामा केही परिवर्तन गरेको हो।

नयाँ व्यवस्था अनुसार अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन
पेश गर्नु पर्नेछ ।  त्यस्तो निवेदनका सम्बन्धमा राष्ट्र बैंकले आवश्यक शर्त तोकी डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ ।

यस अघि सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको
डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्न सक्ने व्यवस्था थियो ।

यो पनि : बैङ्क र फाइनान्सहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खुल्यो, यस्ता छन् शर्त

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img