नेपाल बैंकर्स संघले ऋण प्रवाह बढ्ने गरि मौद्रिक नीति ल्याउनको लागि राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा बैंकर्स संघले यस्तो सुझाव दिएको हो ।
संघका उपाध्यक्ष सन्तोष कोइरालाले ऋण प्रवाह बढ्ने गरि अहिलेको पुँजीको समस्या समाधान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् । न्यूनतम पूँजीकोष कायम गर्न नसक्दा बैंकहरुलाई ऋण प्रवाहमा समस्या हुँदै आएको छ। बैंकर्सहरुले यसको समाधान खोज्दै आएका छन् । यसको समाधानको लागि हकप्रद, वा अग्राधिकार शेयर, वा ऋणपत्र वा अन्य केहि उपकरण प्रयोग गर्न दिनु पर्ने बैंकर्सहरुको भनाई छ ।
असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था पनि खुकुलो बनाउन संघले आग्रह गरेको छ।