Friday, May 23, 2025
spot_img

एनएमबि लघुवित्तको वार्षिक साधारण सभा मिति तय, सञ्चालकको निर्वाचन गर्ने

spot_img

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा बोलेको हो ।

बैठकले असार २१ गते शुक्रबारका दिन पोखरामा रहेको होटल बाराही पोखरामा दिनको ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्रको नियमावली संशोधन गर्ने,संस्थापक तथा सर्वसाधारणतर्फको सेयर संरचना परिवर्तन गर्ने,संञ्चालक समिति सम्बन्धी संस्थाको प्रबन्धपत्र संशोधन गर्ने,अन्य लघुवित्तसँग गाभ्ने÷गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा १ जना संस्थापक र २ जना सर्वसाधारणतर्फको सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार ७ गतेदेखि २१ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img