Monday, January 19, 2026
spot_img

एनएमबि लघुवित्तको वार्षिक साधारण सभा मिति तय, सञ्चालकको निर्वाचन गर्ने

spot_img
spot_img

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा बोलेको हो ।

बैठकले असार २१ गते शुक्रबारका दिन पोखरामा रहेको होटल बाराही पोखरामा दिनको ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्रको नियमावली संशोधन गर्ने,संस्थापक तथा सर्वसाधारणतर्फको सेयर संरचना परिवर्तन गर्ने,संञ्चालक समिति सम्बन्धी संस्थाको प्रबन्धपत्र संशोधन गर्ने,अन्य लघुवित्तसँग गाभ्ने÷गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा १ जना संस्थापक र २ जना सर्वसाधारणतर्फको सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार ७ गतेदेखि २१ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसवाई प्यानलमा नयाँ संचालक समिति चयन, प्रबन्ध संचालकको अख्तियारी कर्माचार्यालाई

एसवाई प्यानल नेपाल नेपाल लिमिटेडमा नयाँ संचालक समिति चयन...

सुनको भाउ ऐतिहासिक उचाईमा, तोलाको २ लाख ८२ हजार

आज सोमबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ...

नेपाल एयरलाइन्सको महाप्रबन्धका लागि १० जना आवेदकको सूची सार्वजनिक

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को रिक्त महाप्रबन्धका लागि आवेदन...

कामना सेवा बन्यो रिपोर्ट निकाल्ने पहिलो कम्पनी, २२.३४ प्रतिशतले बढ्यो नाफा

कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक विदा

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने...

चुनाव आउन ४५ दिन बाँकि: मध्यरातदेखि लागू भयो निर्वाचन आचारसंहिता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...
spot_img
spot_img