Sunday, July 19, 2026
spot_img

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, नेपाली रुपैयाँ हालसम्म कै कमजोर

spot_img

आज बुधबार नेपाली बजारमा अमेरिकी डलरको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा पुग्दै डलर हालसम्मकै महँगो बनेको हो।

यो भनेको १ डलर पाउनको लागि १३५ रुपैयाँ ३७ पैसा नेपाली रकम खर्च गर्नु पर्छ । अर्थात् एक डलर साट्नको लागि अब अहिलेसम्मकै धेरै पैसा तिर्नु पर्छ । यसलाई अर्को भाषामा भन्दा नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ।

राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १३४ रुपैयाँ ७७ पैसा तोकेको छ । यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो ।

अमेरिकामा डोनाल्ड ट्रंपले राष्ट्रपतिको चुनाव जितेसंगै त्यसको प्रभावको कारण डलर थप मजबुत हुँदै डलरको मूल्य बढिरहेको थियो । डलरको मूल्य बढेर गत केहि केहि दिनमा थोरै घटे पनि फेरि डलरको मूल्य बढेर उच्च बिन्दुमा पुग्दा नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ।

डलरको मूल्य बढ्दा कसलाई के फाईदा ?

डलरको मूल्य महँगो हुँदा कसलाई फाईदा हुन्छ भने कसैलाई घाटा हुन्छ। सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। डलरको मूल्य महँगो हुँदा नेपाल आउने रेमिट्यान्स बढ्छ । डलरमा पठाएको रेमिट्यान्स नेपालमा साट्दा धेरै पैसा आउँछ, डलरको भाउ महँगो हुँदा डलर साट्दा पाइने नेपाली रकम धेरै हुने हो ।

त्यस्तै डलरको मूल्य महँगो हुँदा नेपालमा प्राप्त हुने वस्तु तथा सेवाहरु पहिलेको भन्दा कम डलरमा पाइन्छ । यसले पर्यटनहरुलाई नेपालमा आकर्षण गर्न मद्दत गर्न सक्छ । जसबाट नेपालले फाईदा लिन सक्छ ।

त्यस्तै डलर महँगो हुँदा नेपालले निर्यातबाट धेरै लाभ लिन सक्छ । नेपालले वस्तु तथा सेवा विदेश निर्यात गर्दा डलर प्राप्त गर्ने र सो डलर महंगो हुँदा नेपालले थप आम्दानी गर्न सक्छ । यसले केही हदसम्म भएपनि ब्यापार घटाउन मद्दत गर्नसक्छ । तर नेपालले निर्यात भन्दा  आयात धेरै गर्ने भएकोले डलरको मूल्य महँगो हुँदा आयात महँगो हुन जान्छ । यसले नेपालको वैदेशिक मुद्राको संचितिमा असर पुर्याउन सक्छ ।

साथै डलरको मूल्य बढ्दा नेपालले डलरमा तिर्नु पर्ने सावाँ र ब्याज महँगो हुन्छ । यसले नेपाललाई थप आर्थिक भार पर्छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री, उनीसँग स्पेन र अर्जेन्टिनाको अचम्मको संयोग

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको रोमाञ्चक...

अब मासिक २१२४ रुपैयाँ EMI मै बजाजको बाइक: ऋण अवधि बढ्यो, ब्याज घट्यो

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ...

भारतले सुरु गर्यो हाइड्रोजन ट्रेन: ७५ को स्पीड, ८९ किलोमिटरको भाडा २५ रुपैयाँ मात्रै

भारतले आफ्नै देशमा बनेको हाइड्रोजन रेलको उद्घाटन गरेको छ।...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (SALICO) ले आफ्नो स्थापना भएको...

बैंकर डा.मल्लको दोश्रो कृति ‘सपना सकार हुन्छन्’ बजारमा

डा. बुद्धि मल्लद्वारा लिखित दोश्रो पुस्तक “सपना सकार हुन्छन्”...

विश्वकपमा Jersey Battle: १२ वर्षपछि फाइनल खेल हुनु अगावै नै Adidas को ठूलो जित

फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीच हुने...
spot_img