साहस उर्जा लिमिटेडका शेयरधनीले टाइम्स इनर्जी प्रालिमा १० करोड रुपैयाँसम्मको संस्थापक शेयर हाल्न पाउने भएका छन्। यसको लागि साहस उर्जाले मङ्सिर २ देखि पुस १५ गतेसम्म आवेदन खुलाएको छ।
कम्पनीका अनुसार साहस उर्जाका शेयरधनीले टाइम्स इनर्जीमा न्युनतम १० हजार कित्ता र अधिकतम १० लाख कित्तासम्म शेयर हाल्न पाउने छन् । शेयरधनीले प्रति शेयर १०० रुपैयाँका दरले शेयर हाल्नु पर्ने छ। यसो हुँदा लगानीकर्ताले १० लाख रुपैयाँदेखि १० करोडसम्मको शेयर हाल्न पाउने छन् । कम्पनीले शेयरधनीलाई यस बारेको जानकारी पठाईसकेको छ।
कम्पनीले पहिलो किस्ता वापत ५० प्रतिशत रकम बुझाएर शेयर खरिद गर्न सक्ने जनाएको छ। शेयर आवेदन फारम भरेर ५० प्रतिशत रकम वापतको रकम नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहको खातामा जम्मा गर्नु पर्ने र सो को विवरण एनआईएमबी एस क्यापिटललाई पठाउनु पर्ने कम्पनीले जनाएको छ। कम्पनीलाई एनआईएमबी एस क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ।
टाइम्स इनर्जी प्रालि साहस उर्जाको सहायक कम्पनी हो। यस कम्पनीले ३४१ मेगावटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने छ। गोरखाको धार्चे–३ र चुमनुब्री गाउँपालिका–३ मा पर्ने आयोजनाले उत्पादन अनुमति पाइसकेको छ । साहस उर्जाले दिपक मलहोत्रा समूहसँग यो आयोजनाको लाईसेन्स खरिद गरेको हो ।
सहस उर्जाले यसै आयोजनामा लगानी गर्न शतप्रतिशत हकप्रद समेत निष्काशन गर्दै छ।














Sahas Urja ko promotor share nai hunu parne ho ki? Secondary ko share le ni times ma share halna paucha?
Kasri apply garne