Saturday, July 11, 2026
spot_img

४ एयरलाइन्सका जहाज भैरहवाबाट विदेश उड्न थाले, तर व्यवसायी ढुक्क छैनन्

spot_img

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ एयरलाइन्सले नियमित उडान सुरु गरेका छन् । विमानस्थल उद्घाटन भएको साढे २ वर्षपछि नेपाल एयरलाइन्स, थाइ एयर एशिया, जजीरा एयरवेज र फ्लाई दुबईले उडान गर्ने भएपछि त्यस क्षेत्रका व्यवसायीहरु आशावादी भएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशाले अर्बौ रुपैयाँ लगानी गरेका होटल तथा पर्यटन व्यवसायीहरु विमानस्थल सञ्चालन नहुँदा निराश थिए । तर, २०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलबाट नेपाल एयरलाइन्स, थाइ एयर एशिया, जजीरा एयर र फ्लाई दुबईले उडान गर्ने निश्चित भएसँगै आफूहरुमा आशा पलाएको व्यवसायीहरुले बताएका छन् ।

थाई एयर एशिया कार्तिक २३ गतेबाट उक्त विमानस्थलबाट व्यवसायिक उडान सुरु गरिसकेको छ । यस कम्पनीले अब साताको दुई उडान नियमित गर्नेछ ।

शनिबार आज बिहानबाट जजीरा एयरले पनि उडान सुरु गरेको छ । शनिबार बिहान ७ः३० बजे कुवेतबाट आएको जजीरा एयरवेजको जहाज ८ः३० बजे फर्केको छ । जजीराले साताको तीन दिन भैरहवाबाट उडान गर्नेछ ।

शनिबार दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज आउने छ । फ्लाई दुबईले हप्तामा सातै दिन उडान गर्नेछ ।

नेपाल एयरलाइन्सले पनि आजै भैरहवाबाट उडान गर्नेछ । यद्यपीी, नेपाल एयरलाइन्सको नियमित उडान तालिका भने आइसकेको छैन ।

३५ अर्ब ६६ करोड लगानीमा निर्माण भएको भैरहवा विमानस्थललाई हेरेर त्यस क्षेत्रमा व्यवसायीहरुले करिब ८० अर्ब रुपैयाँ लगानी गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले अझैपनि विमानस्थल नियमित सञ्चालन हुन्छ भन्नेमा ढुक्क भएर बस्न सकिने अवस्था नरहेको बताए । यसअघि जजीरा र हिमालयन एयरलाइन्सले भैरहवाबाट केही समय उडान गरेपनि यात्रु अभाव र अन्य कारण देखाउँदै उडान बन्द गरेको घटना धेरै पूरानो नरहेकाले अब पनि ढुक्क हुने अवस्था नरहेको तर विमानस्थल सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

उक्त विमानस्थलमा दैनिक ४० वटासम्म अन्तराष्ट्रिय उडान धान्ने क्षमता छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...
spot_img