Friday, May 8, 2026
spot_img

१ महिनापछि खुल्यो तातोपानी नाका

spot_img
spot_img

असोज १०, ११ र १२ गतेको अविरल वर्षाले अवरुद्द भएको नेपाल–चीन जोड्ने प्रमुख ब्यापारिक नाका तातोपानीबाट झण्डै १ महिनापछि आवतजावत खुला भएको छ । तातोपानी नाकाबाट बुधबार बेलुकादेखि लिपिङ खोला पुलमा अस्थाई ट्रयाक खोली मालबाहक कन्टेनरहरु आवतजावत भएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार सिन्धुपाल्चोकको १० किलोबाट ढुङ्गा, गिट्टी र बालुवा लगेर लिपिङ खोलाको पहिरो पुरेर अस्थाई ट्रयाक बनाइएको छ । बाढीले खोलामा बनाएको गहिरा खोल्सामा ह्यूमपाइप राखिएको छ । यससँगै बाढी तथा पहिरोका कारण २७ दिन बन्द रहेको नाका सञ्चालनमा आएको हो ।

संघका अध्यक्ष रामहरि कार्कीका अनुसार उत्तरी नाकाको स्थलमार्ग सूचारु भएसँगै तिहारका लागि सामान मगाएका व्यवसायीहरुले अब चीनबाट सामान ल्याउन सक्ने भएका छन् । सँगै, दशैँका सामान बोकेर चीनबाट आउँदै गरेका मालबाहक सवारी पनि बाढी पहिरोका कारण बीच बाटोमै रोकिएका थिए । अब नाका सञ्चालनमा आएसँगै त्यसरी रोकिएका कन्टेनरहरु पनि आउन सक्ने भएका छन् ।

तर, सडकमा कति गाडी रोकिएका छन् भन्ने तथ्यांक भन्सार कार्यालयसँग छैन । तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेका अनुसार खासाभन्दा माथि ७० देखि ८० वटा र खासाभन्दा तल १५ देखि २० वटा कन्टेनर रोकिएको अनुमान गरिएको छ ।

अब स्थलमार्ग सञ्चालनमा आएसँगै पहिलो चरणमा दशैँ अगाडी नै हिडेर बाटोमा रोकिएको मालबाहक सवारीलाई पार गराइने र त्यसपछि मात्रै अरु गाडीलाई पठाउने तयारी भन्सार कार्यालयले गरेको छ ।

तातोपानी नाका हुँदै चिनियाँ विद्युतीय सवारी, विद्युतीय उपकरण र फलफूल तथा लत्ताकपडा बढी आयात हुने गर्दछ । दशैँको मुखैमा बाढी तथा पहिरोले नाका अवरुद्द हुँदा नेपाली व्यवसायीहरुले ठूलो नोक्सानी ब्यहोर्नु परेको थियो ।

अहिले पनि तातोपानी नाकालाई अस्थाई रुपमा सञ्चालनमा ल्याइए पनि अझै जोखिम कायम रहेको व्यवसायीहरु बताउँछन् । कोदारी आसपासमा जुनसुकै बेला अवरुद्ध हुन सक्ने जोखिम कायम रहेकाले सरकारले स्थायी समाधान खोज्नुपर्ने व्यवसायीहरुको माग छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...
spot_img