Saturday, August 29, 2026
spot_img
spot_img

कुवेतबाट यात्रु काठमाडौँ आइपुगे तर, जहाजले ‘लगेज’ उतै छुटाइदियो

spot_img

कुवेतबाट नेपाल आएका यात्रुको लगेज कुवेत एयरलाइन्सले कुवेतमै छुटाइदिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ओर्लिएको कुवेत एयरलाइन्सको विमानले लगेज छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका हुन् ।

कुवेत एयलाइन्सको उडान नम्बर केयू ३९१ विमान आज बिहान ६ः३० बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो । तर, जहाजले लगेज कुवेतमै छुटाइदिएपछि यात्रुहरुले आफ्ना लगेज पाएनन् । दशैँ मनाउन स्वदेश फर्किएका यात्रुहरुको लगेज एयरलाइन्स कम्पनीले उतै छुटाइदिएपछि यात्रुहरु मर्कामा परेका छन् । करिब ८० प्रतिशत यात्रुको लगेज छुटेको बताइएको छ ।

यात्रुहरुले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कुवेत एयरलाइन्सको सम्पर्क कार्यालयमा लगेज दाबी गर्दै पी.आई.आर. (प्रोपर्टी इरेगुलारिटी रिपोर्ट) दिएका छन् ।

कुवेत एयरलाइन्सका कर्मचारीहरुले आगामी सोमबारसम्म सुरक्षित रुपमा लगेज उपलब्ध गराउने बताएका छन् । तर, दशैँ मनाउन आएका यात्रुहरुले भने लगेज छुट्टा महत्वपूर्ण सामान पनि उतै छुटेकाले दशैँ खल्लो हुने बताइरहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

आर्या फार्माल्यावद्वारा बाढी प्रभावितका लागि ८२ लाख ५१ हजार बराबरको औषधि सहयोग

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा...

नाडा अटो शो: कुन बैंकले कति ब्याजदरमा दिँदैछन् फाइनान्सिङ सुविधा ?

१८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो...

ग्लोबल आइएमईको मोबाइल बैंकिङ एपमार्फत सरकारको उद्दार कोषमा सहयोग गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट...

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर...

उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग

नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद्...