Sunday, August 2, 2026
spot_img

यस्तो छ सरकारको स्टार्टअप नीति, पुँजी बजारमा प्रवेश गराउन सहज कानुन बन्ने

spot_img

सरकारले स्टार्टअप उद्यमहरुलाई पुँजी बजारमा प्रवेशका लागि सहज गराउन सम्बन्धित कानूनमा परिमार्जन गर्ने भएको छ। सरकारले पारित गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८० मा यस्तो व्यवस्था गरिएको छ ।

‘स्टार्टअप उद्यम प्रवर्धन गर्न प्रत्यक्ष विदेशी लगानी र गैरआवासीय नेपालीको लगानी आकर्षित गर्नुका साथै यस्ता उद्यमलाई पुँजी बजारमा प्रवेशका लागि सहज गराउन सम्बन्धित कानूनमा परिमार्जन गरिनेछ ।’ नीतिमा भनिएको छ ।

त्यस्तै स्टार्ट अप नीतिमा स्टार्टअप उद्यमको प्रवर्धनको लागि स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गर्ने विषय समावेश छ । साथै स्टार्टअप उद्यमको विकासको लागि तीन तहका सरकार प्राज्ञिक संस्था तथा निजी क्षेत्रबिच सहकार्य गर्ने नीतिमा उल्लेख छ।

सङ्घ, प्रदेश र स्थानीय तह, निजी क्षेत्र, वित्तीय संस्था, विश्वविद्यालय, उद्यम संवर्धन केन्द्रलगायतका संस्थाद्वारा सञ्चालित नवप्रवर्तन कार्यक्रमहरूबिच आपसी समन्वय, सहयोग, सहकार्य र साझेदारी विकास गरिने विषय पनि नीतिमा समावेश छ ।

स्टार्टअप उद्यमलाई प्रतिस्पर्धी तथा सबल बनाउन वित्तीय औजारहरूको उपयोग गर्ने सरकारले उल्लेख गरेको छ ।   स्टार्टअप उद्यम प्रवर्धन गर्न कर छुट, बिउ पुँजीको व्यवस्था, सहुलियतपूर्ण ऋण, निर्यातमा नगद अनुदान, प्राविधिक सहयोगलगायतका वित्तीय तथा गैरवित्तीय सुविधा उपलब्ध गराउने नीतिमा उल्लेख छ।

यस्तो छ स्टार्ट अप नीतिको पूर्ण पाठ:

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्थानीयलाई १०० रुपैयाँ मै हाइड्रोको शेयर दिन इप्पानको आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीयबासीलाई जलविद्युतको...

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...
spot_img