Friday, July 10, 2026
spot_img

बुद्ध एयरले आजबाट भारतको वाराणसीमा थप्यो तेस्रो उडान

spot_img

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले आज बुधबारदेखि भारतको वाराणसीको लागि तेस्रो उडान थपेका छ । यसअघि साताको सोमबार र शुक्रबार मात्रै उडान हुने गरेकोमा अब सातामा तीन उडान हुनेछन् ।

साताको तीन उडानले यात्रुलाई आउजाउमा सहयोग पुग्ने बुद्ध एयरको विश्वास छ । बुध्द एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि ल्याएको छ ।

यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ । बुद्धका उडानबाट वाराणसी ५० मिनेटमै पुग्न सकिन्छ । काठमाडौंबाट वाराणसीको शुरुवाती एकतर्फी भाडादर ११ हजार ३६० रुपैयाँ रहेको छ ।

बुद्ध होलिडेजले आउने जाने भाडा, अयोध्या घुम्ने, दुईतारे होटलमा बस्नेसहितको २ रात ३ दिनको प्याकेज न्यूनतम ३५ हजारमा उपलब्ध गराउँदै आएको छ । यस्तो प्याकेज ३ रात ४ दिनको ४४ हजार रहेको बुद्ध एयरले जनाएको छ ।

बुद्धको वनारस उडानमा चाप बढ्दै गएको छ ।

बुद्धले २०६८ साल फागुनबाट काठमाडौँ–वनारसको उडान सुरु गरेको हो । यो गन्तव्यमा सुरुमा एटीआर ४७ नामक ४२ सिट क्षमताको जहाज पठाउने गरेको थियो । हाल यो गन्तव्यमा एटीआर ७२ नामक ७२ सिट क्षमताका जहाजबाट उडान हुँदै आएको छ ।

हाल बुद्धका १८ वटा जहाजले उडान गरिरहेका छन् । हाल १५ वटा एटीआरका ७२ सिट क्षमताका जहाज भएको यो वायुसेवासँग ३ वटा ४७ सिट क्षमताका एटीआर जहाज पनि छन् ।

सन् १९९६ बाट सेवा सुरु गरेको यो वायुसेवाले आन्तरिक उडानमा प्रमुख सहरी गन्तव्यमा उडान गरिरहेको छ । बुद्धले जनकपूरबाट अयोध्या उडानको तयारी पनि गरिरहेको छ । बुद्धले पोखराबाट दिल्ली सिँधा उडान गर्ने अनुमति समेत माग गरिरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...
spot_img