Saturday, September 5, 2026
spot_img

सिटिजन्स बैंकको लाभांश घोषणा

spot_img

सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज असोज ७ गते ३ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश गरि कुल ४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रहेको छ ।

बैंकले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ २३ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुने  २ करोड ९८ लाख ९६ हजार ७ सय ८७ रुपैयाँ ३८ पैसा बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...