सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज असोज ७ गते ३ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश गरि कुल ४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रहेको छ ।
बैंकले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रुपैयाँ २३ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुने २ करोड ९८ लाख ९६ हजार ७ सय ८७ रुपैयाँ ३८ पैसा बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।









