Friday, July 10, 2026
spot_img

जजीरा एयरले फेरि भैरहवा–कुवेत उडान गर्ने

spot_img

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट कुवेतको जजीरा एयरले पुनः उडान गर्ने भएको छ । यसअघि २ पटक भैरहवा–कुवेत उडान गरेर पनि नियमित गर्न नसकेको जजीरा एयरले पुनः भदौ तेस्रोबाट उडान गर्ने तयारी थालेको हो ।

साउन २९ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै जजीराले भैरहवा–कुवेत–भैरहवा रुटमा उडान तालिका स्वीकृतिका लागि अनुरोध गरेको हो ।

जजीराले सोमबार, बुधबार, बिहीबार र शनिबार गरी हप्तामा ४ उडान गर्ने तालिका स्वीकृत गर्न पत्राचार गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकारणका अनुसार जजीराले केही दिनमै उडान अनुमति पाउने छ ।

सरकारले भैरहवाबाट उडान गर्ने एयरलाइन्स कम्पनीहरुलाई सहुलियत दिने निर्णय गरेको छ । सरकारले भैरहवा र पोखरा एयरपोर्ट सञ्चालन कार्ययोजना स्वीकृत गरिसकेको छ । यस आधारमा भैरहवा–कुवेत उडानमा यात्रुलाई टिकट मूल्यमा काठमाडौँ–कुवेतको तुलनामा १० हजार सस्तो पर्ने बताइएको छ ।

सरकारले दिने भनेको छुटको यकिन विवरण क्यानमा आएपछि क्यानले जजीरालाई भैरहवा–कुवेत उडानको अनुमति दिनेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...
spot_img