Sunday, September 6, 2026
spot_img

कामना सेवाको ठूला शेयरधनीबाट नेपाल लाइफ बाहिरियो, दुई वटा म्युचुअल फण्ड भित्रिए

spot_img

कामना सेवा विकास बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २८ पुगेको छ। २०८३ असार मसान्तसम्मको विवरण अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २८ रहेको देखिएको हो।

बैंकको सबैभन्दा ठूलो शेयरधनी तुलसा पाण्डे हुन् । बैंकमा उनको स्वामित्व २.४३ प्रतिशत रहेको छ। त्यस्तै बैंकमा इन्टेग्र सोर्सेस प्रालिको १.९९ प्रतिशत, सिता आचार्यको १.७५ प्रतिशत, श्री राम पाण्डेको १.३८ प्रतिशत र सिताराम उप्रेतीको १.३६ प्रतिशत शेयर स्वामित्व रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकमा यी शिर्ष ५ शेयरधनीको स्वामित्व परिवर्तन भएको छैन ।

समीक्षा अवधिमा एनएमबि सरल बचत फण्ड बैंकको छैठौ ठूलो र एनआईबिएल सहभागिता फण्ड सातौँ ठूलो लगानीकर्ताको रुपमा भित्रिएको छ। बैंकमा यी दुई फण्डको शेयर स्वामित्व क्रमश १.२६ प्रतिशत र १.१५ प्रतिशत रहेको छ। यस अघि सातौँ ठूलो शेयरधनीको रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स भने ठूला शेयरधनीको सूचीबाट बाहिरिएको छ।

एक वर्षको अवधिमा बैंकको ठूलो शेयरधनीबाट नेपाल लाइफ इन्स्योरेन्स र भिम राज अधिकारी बाहिरिएका हुन् । त्यस्तै एनएमबि सरल बचत फण्ड , एनआईबिएल सहभागिता फण्ड, भरत रेग्मी, गोबिन्दराज अधिकारी, र प्रियराज रेग्मी ठूला लगानीकर्ताको रुपमा भित्रिएका हुन् ।

आर्थिक वर्ष २०८२/८३ मा यी हुन् बैंकका ठूला शेयरधनी:

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१...

घट्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला ३...