Tuesday, September 1, 2026
spot_img

चीनबाट नयाँ चेतावनी: हिमनदी फेरि खस्न सक्छ, अर्को बाढीको जोखिम

spot_img

चीनको जलस्रोत मन्त्रालयले नेपाल-तिब्बत सीमा क्षेत्रको कुओजियान (Cuojian) नदी वरपरका हिमनदीहरू अझै “ठूलो जोखिम” मा रहेको चेतावनी दिएको छ। यसबारे अन्तराष्ट्रिय संचारमाध्यम ‘द इन्डीपेन्डेन्ट’ले आज समाचार प्रकाशन गरेको छ।

समाचार अनुसार गत भदौ १० गते भएको हिमनदी खस्ने घटनापछि बनेको बाँध ताल (ब्यारियर लेक) को पानी घटे पनि खतरा सकिएको छैन। हिमनदीको बाँकी भाग अझै अस्थिर छ। नदीको दुवै किनारमा ३ किलोमिटरभित्र धेरै पहिरोका ढिस्कहरू देखिएका छन्। यी पहिरोले नदी फेरि थुनिन सक्छ र नयाँ बाँध ताल बन्न सक्छ। त्यस ताल फुट्यो भने पानी, बरफ र ढुङ्गा-माटोको ठूलो लहर फेरि आउन सक्छ।

समाचार अनुसार सोमबार बिहान ५:१४ बजे लिइएको स्याटेलाइट रडार (SAR) तस्बिरले कुओजियान नदीमा हिमनदी खसेपछि बनेको पानीको पोखरीको क्षेत्रफल घटेको देखाएको छ। आइतबार बिहान ११ बजे यो पोखरीको क्षेत्रफल करिब १ लाख ८ हजार वर्गमिटर थियो भने सोमबार बिहान यो घटेर करिब ८३ हजार वर्गमिटरमा झरेको छ। चीनको मन्त्रालयका अनुसार यस पोखरीमा रहेको पानीको परिमाण अहिले करिब ६ लाख ५० हजार घनमिटर रहेको अनुमान गरिएको छ।

हालको बाँध तालको पानीको सतह घटेर करिब ६ लाख ५० हजार घनमिटर मा झरेको छ, जुन अघिल्लो दिनभन्दा क्षेत्रफल घटेको हो। तर नदीको किनारमा अस्थिर पहिरो र माथितिर रहेका हिमनदीहरू अझै खस्न सक्ने अवस्थामा छन्। साथै तिब्बतको ग्यिरोङ क्षेत्रमा आगामी तीन दिन वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ, जसले जोखिम अझ बढाउन सक्छ।

यदि हिमनदी फेरि खस्यो वा नयाँ बाँध ताल बन्यो र फुट्यो भने पानी, बरफ र ढुङ्गा-माटोको ठूलो मात्रा फेरि बग्न सक्छ। पहिलो घटनामा करिब ५० लाख घनमिटर बरफ, चट्टान र मलबा खोलामा खसेको थियो। अहिले बाँकी तालको पानी मात्र ६.५ लाख घनमिटर छ, तर नयाँ खस्ने घटना भएमा त्योभन्दा ठूलो मात्रा आउन सक्ने सम्भावना रहेको बताईएको छ।

यदि त्यस्तो घटना भएमा त्यहाँबाट आएको पानी कुओजियान/लेन्दे खोला बाट सुरु भएर भोटेकोशीमा मिसिन्छ। त्यसपछि त्रिशूली नदीमा बग्छ। यसले फेरी पनि रसुवा जिल्ला (टिमुरे, स्याफ्रुबेसी लगायत) हुँदै नुवाकोट, धादिङ र तल्लो क्षेत्रसम्म असर पार्न सक्छ। चीनले उद्धार टोलीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

चीनको सरकारी समाचार संस्था ग्लोबल टाइम्सले पनि यो जोखिमबारेको समाचार प्रकाशन गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितको लागि बिजी ग्रुपद्वारा १ करोड २ लाख सहयोग

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका...

उपहार विजेता घोषणा कार्यक्रम स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको...

भोटेकोशी बाढी: हालसम्म २५ अर्बको बीमा दाबी, १३ अर्ब एउटै कम्पनीमा

भदौ १० गतेको भोटेकोशी बाढीपछि बीमा कम्पनीहरुमा हालसम्म २५...

कालिञ्चोक दर्शनद्वारा ११ लाख ११ हजार १ सय ११ सहयोग

कालिञ्चोक दर्शन लिमिटेड (कालिञ्चोक केबलकार), दोलखाले सरकारलाई आर्थिक राहत...

भोटेकोशी बाढी: आज कुन हाइड्रोको टनेलमा के प्रयास हुँदै छ ?

भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको...

नेपाल–चीन ब्यापारमा ‘नाकाबन्दी’: अझै महँगिनेछ नेपालीको दैनिकी

भोटेकोशी बाढीका कारण रसुवागढी नाका तहसनहस भएपछि चीन सँगको...