सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला जलविद्युत आयोजना सुरक्षित रहेको जनाएको छ। कम्पनीका कम्पनी सचिव सिद्धार्थ शर्माका अनुसार भोटेकोशी बाढीका कारण आयोजनामा कुनै क्षति भएको छैन ।
आयोजनामा क्षति नपुगेपनि आयोजनाको उत्पादन भने बन्द अवस्थामा नै रहेको छ। बाढीले विद्युत प्राधिकरणको त्रिशुली थ्री बि हब सबस्टेशन र प्रसारणलाइनमा क्षति पुर्याएको छ। विद्युत प्रसारण र निकासीको बाटो नरहेकोले विद्युत उत्पादन बन्द रहेको कम्पनीले उल्लेख गरेको छ।
राष्ट्रिय प्रसारण लाईनको वैकल्पिक व्यवस्था वा हबको पुनःस्थापना गरी विद्युत् प्रसारण प्रणाली सामान्य अवस्थामा आएपछि आयोजना पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ।











