Saturday, August 29, 2026
spot_img
spot_img

आर्या फार्माल्यावद्वारा बाढी प्रभावितका लागि ८२ लाख ५१ हजार बराबरको औषधि सहयोग

spot_img

हालैको बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्या फार्माल्यावले आवश्यक औषधिहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।

आर्या फार्माल्यावले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख ५१ हजार ७५० मूल्य बराबरको औषधिहरु उपलब्ध गराएको हो ।

साथै, प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक रहेको खण्डमा कंम्पनीले उपचारमा आवश्यक उपकरण तथा औषधिहरू सहयोग स्वरुप उपलव्ध गराउने प्रतिवध्दता समेत व्यक्त गरेको छ ।

विपद्को समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुनस्र्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आर्या फार्माल्यावले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि...

नाडा अटो शो: कुन बैंकले कति ब्याजदरमा दिँदैछन् फाइनान्सिङ सुविधा ?

१८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो...

ग्लोबल आइएमईको मोबाइल बैंकिङ एपमार्फत सरकारको उद्दार कोषमा सहयोग गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट...

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर...

उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग

नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद्...