Thursday, August 27, 2026
spot_img
spot_img

नुवाकोटमा ७ मेगावाट विद्युत आपूर्ति, अत्यावश्यक सेवा सञ्चालनमा सहज

spot_img

नुवाकोट जिल्लामा विद्युत आपूर्ति नियमित गर्न नेपाल विद्युत प्राधिकरणले विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत प्रणालीमा प्रवाह गरेको छ । बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि अवरुद्ध भएको आपूर्ति पुनःस्थापित गर्न प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत विद्युत् उपलब्ध गराएको हो ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार काठमाडौंको चपली सबस्टेसनबाट २ मेगावाट, सिन्धुपाल्चोकको इन्द्रावतीबाट १ मेगावाट, समुन्द्रटार सबस्टेसन नजिकै रहेको तादी जलविद्युत् केन्द्रबाट २ मेगावाट र बालाजु सबस्टेसनदेखि त्रिशूलीसम्मको प्रणालीमार्फत थप २ मेगावाट विद्युत् नुवाकोटमा पठाइएको छ ।

श्रेष्ठले हाल पठाइएको विद्युतले नुवाकोटको तत्कालीन माग धान्न सक्ने बताए । सामान्य अवस्थामा जिल्लामा करिब १० मेगावाट विद्युत् खपत हुने गरेको भए पनि अहिले करिब ७ मेगावाट आपूर्ति भएपछि अस्पताल, खानेपानी, सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालनमा तत्काल समस्या नहुने उनको भनाइ छ ।

विद्युतको माग क्रमशः बढ्दै गएमा थप आपूर्ति गर्न सकिने गरी प्राधिकरणले आवश्यक तयारीसमेत गरेको जनाएको छ । बाढीका कारण विद्युत गृहहरूमा क्षति हुँदा १० प्रतिशतभन्दा बढी विद्युत प्रणालीबाट बाहिर हुँदा विद्युतको माग व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको भएपनि प्राधिकरणले देशभर नै विद्युत आपूर्ति प्रणालीलाई स्थिर र नियमित राख्न सफल भएको श्रेष्ठले बताए । बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा वैकल्पिक प्रणालीबाट आपूर्ति विस्तार गर्ने कामलाई प्राधिकरणले निरन्तरता दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...

बाढी अपडेटः ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ वटा पुल ध्वस्त

बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण ४० किलोमिटर सडक...

महासंघ अध्यक्ष श्रेष्ठ र साउदीका राजदूतबीच भेट, दुइ देशबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका...

सानिमा बैंकको लाभांश घोषणा

सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव...

मैलुङ खोला आयोजनाको विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त, कर्मचारीको अवस्था अज्ञात

बाढीका कारण मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको...