सानिमा बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।
बैंकले साधारण शेयरधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरधनीलाई कर सहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुनेछ ।
हाल बैंकको साधारण शेयर पुँजी १३ अर्ब ५८ करोड रहेको छ ।











