Friday, August 28, 2026
spot_img
spot_img

चीनले भन्यो ‘ भोटेकोशीमाथि अर्को ठूलो ताल बनेको छ, ३ दिनभित्र फुट्न सक्छ’

spot_img

चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगम नजिक ठूलो ताल (ब्यारियर लेक) बनेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार भोटेकोशी नदीको माथिल्लो भागमा बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जमेको छ र ताल पहिले नै ओभरफ्लो भइसकेको अवस्था छ।

आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ। यसले ताल फुट्ने उच्च जोखिम बढाएको छ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीले बिहीबार यो जानकारी दिएको हो। मन्त्रालयले तालको अवस्था निरन्तर अनुगमन गरिरहेको, बाढीको सिमुलेसन तथा विश्लेषण गर्दै संभावित तयारी र आपत्कालीन उद्धारमा सहयोग पुर्याउने काम गरिरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

पृथ्वी राजमार्ग सञ्चालनमा आयो

बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ...

बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार

भोटेकोशी बाढीको कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरुबाट ९३४ जना सम्पर्क...

८७ वर्षीया राणाद्वारा सरकारलाई १ करोड ९ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड...

बुद्धले निःशुल्क राहत सामग्री ढुवानी गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बाढी प्रभावितहरुका लागि...

चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्वार, राहत...