आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७५ हजार १ सय २० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ५७ रुपैयाँ तोकिएको छ ।











