Thursday, August 27, 2026
spot_img
spot_img

३ सय बस यात्रुसहित हराइरहेका छन्ः महासंघ

spot_img

भोटेकोशीमा आएको भिषण बाढीमा करिब ३ सय यात्रुबाहक बस हराइरहेको पाइएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि काठमाडौँबाट बस रिजर्भ गरेर गएका यात्रुहरु सम्पर्कबिहीन भएका हुन् ।

महासंघका अध्यक्ष अध्यक्ष सरोज सिटौलाका अनुसार ठुलो संख्यामा बस तथा यात्रुहरु सम्पर्कविहीन भएका हुन् ।

महासंघले यात्रुको अवस्था बुझ्न र उद्धारका लागि बुधबार करिब २५–३० जनाको टोली घटनास्थलतर्फ पठाए पनि बाटो अवरुद्ध भएका कारण टोली बिचबाटै फर्किन बाध्य भएको जनाएको छ ।

काठमाडौँ, चितवन, पोखरा, गोरखा लगायतका स्थानबाट गाडी रिजर्भ गरेर गोसाईंकुण्ड हिँडेका यात्रुहरु गाडीसहित बेपत्ता रहेको र अहिले उनीहरुको अवस्थाबारे बुझ्ने काम भइरहेको महासंघले जनाएको छ । महासंघ प्रारम्भिक तथ्यांक अनुसार बाढीका कारण करिब ३०० यात्रुवाहक बस हराइरहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढीका कारण चीनतिर रोकिएका सामान कोरोलामार्फत आयात गरिने

नेपाल ल्याउनका लागि तयारी अवस्थामा राखिएका तर, बाढीका कारण...

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

रसुवागढी हाइड्रोले भन्यो ‘आयोजनामा ठूलो क्षति भयो, अधिकांश कर्मचारीको अवस्था अज्ञात छ’

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले हिजो बुधबार भोटेकोशी नदीमा आएको...

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...