Wednesday, August 26, 2026
spot_img
spot_img

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

spot_img

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो देखाएका छन् । खासगरी लक्जरी यो ईभी एसयूभी किफायती मूल्यमा सार्वजनिक भएपछि अटो शो हेर्न पुगेका अवलोकनकर्ताहरुले स्काईवेलको स्टलमा पुगेर यसका विशेषताबारे चासो देखाउन थालेका हुन् ।

अवलोकनकर्ताले ५० लाख भन्दा कम मूल्यमा सार्वजनिक भएको यो ईभी नै अटो शोमा राखिएका गाडीमध्ये सबैभन्दा लामो एसयूभी भएको प्रतिक्रिया दिएका छन् । यसको लम्बाई ४ हजार ७२० एमएम रहेको छ । ‘५० लाखभन्दा कम मूल्यमा आएको यो ईभी अटो शोमा राखिएका गाडीमध्ये लेन्थका हिसाबले सबैभन्दा लामो गाडी हुनुपर्छ’ काठमाडौँको चन्द्रागिरीदेखि अटो शो हेर्न आएका बाबुकाजी महर्जनले भने, ‘अटो शोलाई लक्षित गर्दै कम्पनीले राखेको अफरले पनि मेरो ध्यान केन्द्रित गरेको हो ।’

यस्तै, सितापाइला बस्ने धादिङका सुवास कार्कीले पनि विगतको तुलनामा निकै सस्तो मूल्यमा स्काईवेल नेपाल आएको भन्दै ५० लाखभन्दा कम मूल्यमै सार्वजनिक भएको खबर सुनेपछि आफू आज स्काईवेलको स्टलमा आएको बताए । ‘पहिला यो गाडी महँगो थियो, अहिले त ५० लाखभन्दा कम मूल्यमा आएको समाचारहरु हिजो मैले देखेँ, त्यहीँ भएर आज स्टलमै आएको हुँ’ उनले भने, ‘यसको फिचर्सहरुबारे पनि मैले जानकारी लिएँ । गाडी पनि लामो छ । देख्दै लक्जरी यो ईभीमा कम्पनीले दिएको नाडा अफरलाई चाहिँ अटो शो सकिएपछि पनि केही दिन थप गरिदिए हुन्थ्यो ।’

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई नाडा अटो शो २०२६ को पहिलो दिन मंगलबार एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको हो । एलआरआरले अहिले स्काईवेलका बीई ११ मोडल नेपाल ल्याएको छ ।

कम्पनीले ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकेको छ ।

नाडा अटो शो अवधिभरीका लागि कम्पनीले विशेष अफर पनि ल्याएको छ । जसअन्तर्गत नाडा अटो शो अवधिभरको लागि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ ।

कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ ।

यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दूबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ ।

पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो ईभीलाई लक्जरी बनाएको छ । साथै, यो ईभीमा १९७ एमएमको भव्य ग्राउण्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ ।

नाडा अटो शोमा कम्पनीको स्टल ‘एच१९’ रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...

एनआईसी एशिया क्यापिटललाई नयाँ म्युचुअल फण्ड योजना संचालनको अनुमति

नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया क्यापिटललाइ नयाँ म्युचुअल फण्डको...