आईपीओ निष्काशनको अनुमति पर्खिरहेका ३ वटा हाइड्रोपावर कम्पनीले लाभांश सहित साधारणसभा आह्वान गरेका छन् । काबेली हाइड्रोपावर कम्पनी लिमिटेड, हिलटन हाइड्रो इनर्जी लिमिटेड र आशुतोष इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेका हुन् ।
तिन वटै कम्पनीले भदौ २७ गते साधारणसभा आह्वान गरेका हुन्। ३ वटै कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश पनि प्रस्ताव गरेका छन् ।
काबेली हाइड्रोपावरले कर सहित १६.३१५८ प्रतिशत नगद लाभांश, हिलटन हाइड्रोले कर सहित २० प्रतिशत नगद लाभांश र आशुतोषले कर सहित १८.९४७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुने छ।
यी ३ वटै कम्पनी धितोपत्र बोर्डबाट आईपीओ निष्काशन अनुमति पर्खिरहेका छन्।











