Monday, August 24, 2026
spot_img
spot_img

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्यो, भदौ २१ देखि एकिकृत कारोबार

spot_img

स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभेर २०८३ भदौ २१ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएकोले भदौ २१ गतेबाट एकीकृत कारोबार गर्न लागेको कम्पनीले जनाएको छ। एकिकृत कारोबारको लागि भदौ २१ गते दुवै कम्पनीको सम्पूर्ण कारोबार अवरुद्द हुने भएको छ।

स्वरोजगार लघुवित्तले समान स्वापमा विन नेपाल लघुवित्तलाई प्राप्ति गरेको हो । प्राप्ति पश्चात बन्ने स्वरोजगार लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ५ मा रहने छ। यी दुवै संस्थाको केन्द्रीय कार्यालय बनेपा मै थियो।  दुई संस्थाबीच पुस ९ गते मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको थियो ।

हाल स्वरोजगार लघुवित्तको शेयर मूल्य ७९८ रुपैयाँ रहेको छ भने विन नेपाल लघुवित्तको शेयर मूल्य १२८० रुपैयाँ रहेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा...
spot_img