Sunday, August 16, 2026
spot_img

३२ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफा: एउटा घाटामा, ४ वटाले लाभांश दिन नसक्ने

spot_img

संचालनमा रहेका २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको नाफा समग्रमा ३२.२८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुले कुल ६९ अर्ब ८६ करोड खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको खुद नाफा ५२ अर्ब ८१ करोड रहेको थियो।

समीक्षा अवधिमा प्रतिशतको आधारमा हिमालयन बैंकको खुद नाफा सर्वाधिक १०४१ प्रतिशतले बढेको छ भने कुमारी बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले बढेको छ। त्यस्तै अघिल्लो आर्थिक वर्षमा घाटामा रहेको एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफामा फर्किएको छ।

समीक्षा अवधिमा ४ वटा वाणिज्य बैंकको नाफा घटेको छ। जस मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा सर्वाधिक ३६.५९ प्रतिशतले घटेको छ भने कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशतले घटेको छ। लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चाटर्ड बैंकको खुद नाफा पनि घटेको छ।

यस अवधिमा प्रभु बैंक भने घाटामा रहेको छ। अघिल्लो आर्थिक वर्षमा नाफामा रहेको प्रभु बैंक आर्थिक वर्ष २०८२/८३ मा भने २४ करोड १२ लाख ४३ हजार घाटामा रहेको छ। प्रभु बैंकको निष्क्रिय कर्जा बढेर १५.५५ प्रतिशत पुगेको छ। अन्य सबै बैंकको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा कम नै छ।

यस अवधिमा ४ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ। वितरणयोग्य ऋणात्मक हुने बैंकमा हिमालयन बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंक रहेका छन् । यी ४ बैंकले लाभांश दिन नसक्ने निश्चित छ।

हेर्नुस् आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकको नाफा, वितरणयोग्य मुनाफा, प्रति शेयर आम्दानी र निस्क्रिय कर्जाको विवरण : 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सोमबारदेखि म्यानपावर व्यवसायीले श्रमिकलाई विदेश नपठाउने

म्यानपावर व्यवसायीले सोमबार (भदौ १ गते)देखि श्रमिकलाई वैदेशिक रोजगारीमा...

सोमबारदेखि भाटभटेनी २४सैँ घण्टा खुला

भाटभटेनी सुपरस्टोर अब २४सैँ घण्टा खुल्ने भएको छ ।...

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयकको माग

निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ...

औद्योगिक सुरक्षाका लागि छुट्टै ‘फोर्स’, उद्योग रहेका स्थान ‘शान्ति क्षेत्र’

सरकारले नेपाल उद्योग वाणिज्य महासंघको सुझाव अनुसार ‘निजी लगानी...

ग्यास बिक्रेता महासंघले भन्यो, ‘स्टन्टबाजी छोडेर डिलरमार्फत ग्यास बाँड्नु बुद्धिमानी हुन्छ’

ग्यास विक्रेता महासंघ नेपालले अहिले सरकारले गरिरहेको ग्यासको प्रत्यक्ष...

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन होटलमा ग्यासको मौज्दात...
spot_img