आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५४ हजार ५४५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय २७ रुपैयाँ तोकिएको छ ।









