Sunday, September 6, 2026
spot_img

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

spot_img

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशतले बढेका हुन् ।

गत वर्षको जुन महिनामा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए ।

यस वर्षको जुन महिनामा नेपाल आउने पर्यटकमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन् । चीनबाट ८ हजार ८७५ जना, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन् ।

युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन् । अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक आएका छन् ।

ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना, अष्ट्रेलियाबाट २ हजार ६९४ तथा न्यूजिल्यान्डबाट ३९० पर्यटक आएका छन् । अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ जना पर्यटक नेपाल आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...

उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति !

भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...