Sunday, September 6, 2026
spot_img

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

spot_img

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख केन्द्र मानिन्छन् । छिमेकी देश भारतसँगको सहज पहुँच र औद्योगिक दृष्टिले समेत रणनीतिक महत्व राख्ने यो क्षेत्रमा अहिले झन विश्वस्तरीय आतिथ्य सेवासमेत थपिन थालेपछि पूर्वी नेपालको गरिमा अझ बढेको छ ।

यसै क्रममा अन्तर्राष्ट्रिय चेन होटल ग्रुप इन्टरकन्टिनेन्टल होटल ग्रुपको लक्जरी ब्राण्ड ‘होलिडे इन एक्सप्रेस एण्ड स्वीट्स’ले निकट भविष्यमै झापाबाट सेवा आरम्भ गर्दैछ । झापाको धुलाबारीस्थित होटल इस्टर्न नेपाल लिमिटेडले ‘होलिडे इन एक्सप्रेस एण्ड स्वीट्स’लाई नेपाल भित्र्याउन लागेको हो ।

‘प्राइम लोकेशन’ र विश्वस्तरीय सेवा

पाँचतारे यो होटल २ बिघा क्षेत्रफलमा फैलिएको छ । हाल निर्माणाधिन अवस्थामा रहेको यस होटलले पूर्व–पश्चिम राजमार्गलाई ठ्याक्कै छोएको छ । कुल ९८ वटा आधुनिक कोठाहरु रहने होटल झापाको बिर्तामोडबाट जम्मा १२ किलोमिटर र भद्रपूर विमानस्थलबाट जम्मा १३ किलोमिटर दूरीमा अवस्थित छ । ‘होलिडे इन एक्सप्रेस एण्ड स्वीट्स’ले नेपालको आतिथ्यता क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्नेमा होटलका लगानीकर्ताहरु विश्वस्त देखिन्छन् ।

अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने भएकाले यो होटलले भारतीय पर्यटकसहित भारत आउने अन्य देशका पर्यटकसमेत आकर्षित गर्न सक्ने विश्वास लिइएको छ । अहिले भारतीय पर्यटकहरुको घुमफिर संस्कृति बढिरहेको र खर्च क्षमता पनि विस्तार भइरहेकाले होलिडे इन एक्सप्रेस एण्ड स्वीट्सले उनीहरुलार्ई आकर्षित गर्ने प्रोजेक्ट म्यानेजर शक्ति आचार्यको विश्वास छ । ‘होटलबाट भारतसँगको सीमाना जम्मा ६ किलोमिटर मात्रै टाढा छ’ उनी भन्छन्, ‘भारतको बागडोगरा एयरपोर्टबाट हाम्रो होटल जम्मा २८ किलोमिटर दूरीमा अवस्थित छ ।’

नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

पाँचतारे, त्यसमाथि अमेरिकी ब्राण्ड । इन्टरकन्टिनेन्टल होटल ग्रुपले हाल विश्वका विभिन्न शहरहरुमा ६ हजारभन्दा बढी होटलहरुको व्यवस्थापन सम्हालिरहेको छ । उसले होटल इस्टर्न नेपालका ‘रुम एप्रुभ’ पनि गरिसकेको छ । व्यवस्थापकबाट एप्रुभ भएसँगै अहिले रुमसहित अन्य भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ ।

यस होटलको मुख्य भवनको आडैमा अर्को चार तलाको भवन बनिरहेको छ । त्यसको ‘टप फ्लोर’मा स्वीमिङ पुल रहनेछ । होटलको मुख्य भवनको चौथो तलाबाट स्वीमिङ पुलमा ‘एक्सेस’ हुनेछ । त्यहीँ भवनमा हेल्थ क्लब पनि रहने छ । जसमा जीम, सोना, स्टिम, स्पा लगायतका सेवा रहने छन् ।

यस होटलको अर्को महत्वपूर्ण विशेषता भनेको ‘क्यासिनो’ पनि हो, जुन नेपालकै ठूलो हुनेछ । क्यासिनाको क्षेत्रफल मात्रै २५ हजार ५ सय वर्गफिट हुनेछ । होटलले बिख्यात क्यासिनो ब्राण्ड ल्याउनका लागि आवश्यक सम्झौता लगायतका प्रक्रिया पनि पूरा गरिसकेको छ । निकट भविष्यमै यसको पनि औपचारिक जानकारी सार्वजनिक हुनेछ ।

अर्को छुटाउनै नहुने संरचना भनेको यसको बैंक्वेट हो । जसको क्षेत्रफल नै ९ हजार ५ सय वर्गफिट हुनेछ । साथै, ‘रुफ टप’ र ‘लबी’मा सुविधासम्पन्न रेष्टुरेन्ट रहने छन् । झण्डै ३ दशकदेखि होटल तथा पर्यटन व्यवसायमा लागेर सफलता हासिल गरेका पात्रहरु यसमा साझेदार रहेकाले यस होटलले आधुनिक ‘ट्रेण्ड’ अनुसारको सेवा र सोही अनुसारको ‘बिजनेश मोडल’ अपनाउँदैछ ।

विदेशी लगानी, स्वदेशीलाई रोजगारी

यो होटलको लगानी ३५० करोड रुपैयाँ प्रक्षेपित छ । यसमध्ये १५० करोड रुपैयाँ संस्थापक लगानीकर्ताहरुको सेयर रहनेछ । यो होटलमा केही हिस्सा विदेशी लगानी पनि रहनेछ । सरकारबाट स्वीकृत भएर विदेशी लगानी भित्रिसकेको छ ।

यति मात्रै होइन, होटलले २५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्नेछ । यसबाट स्थानीय युवाहरु लाभान्वित त हुने छन् नै, साथै स्थानीय कृषि उत्पादनको समेत खपत बढ्नेछ । पर्यटकको आवागमन बढ्नासाथ त्यसले उपभोग र ‘मोबिलिटी’ बढाउने भएकाले यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुँदै क्षेत्रीय अर्थतन्त्रको विकासमा समेत मनग्य टेवा पुग्ने विश्वास गरिएको छ ।

आउँदो आर्थिक वर्षभित्र आईपीओ

अहिले यो होटलको करिब ९२ प्रतिशत निर्माण सकिएको छ । अब चाँडै होटल आंशिक रुपमा सञ्चालनमा समेत आउनेछ । व्यवस्थापक इन्टरकन्टिनेन्टल होटल ग्रुपबाट रुम एप्रुभ भइसकेकाले अहिले सोही अनुसार बाँकी काम धमाधम भइरहेको छ । यो काम सकिएपछि असोजमा होटलको ‘सफ्ट ओपनिङ’ हुनेछ ।

तर, त्यसभन्दा अगाडि नै होटल आंशिक रुपमा सञ्चालनमा आइसक्ने छ । आंशिक सञ्चालन सुरु भएसँगै होटलले सर्वसाधारण लगानीकर्तामा सेयर निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिनेछ । आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमै धितोपत्र बोर्डमा आवेदन दिने र आर्थिक वर्ष २०८३/०८४ भित्रै आईपीओ निष्काशन गर्ने कम्पनीको लक्ष्य छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...

उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति !

भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...