Tuesday, June 30, 2026
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

spot_img
spot_img

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा फोरजी सेवाको शुभारम्भ गरेको छ । हिजो असार १५ देखि सो सेवा शुभारम्भ भएको हो ।

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्माटप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो । रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमशृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्यहरू अवलोकन गर्न सकिन्छ ।

मुमांटपमा फोरजी सेवा विस्तार भएसंगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको सहज उपयोग गर्न सक्नेछन् । यस सेवाले मुर्माटप क्षेत्रसँगै ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउनेछ । अब पर्यटकहरूले आफ्नो यात्रा अनुभव, तस्विर, भिडियो तथा लाइभ अपडेटहरू सहज रूपमा सामाजिक सञ्जालमार्फत आदानप्रदान गर्न सक्नेछन् ।

उक्त क्षेत्रमा आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै रारा क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । साथै, स्थानीय होटल, होमस्टे, व्यवसायी तथा सेवाग्राहीहरूले विभिन्न डिजिटल सेवाको उपयोग अझ सहज रूपमा गर्न सक्नेछन्, जसले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

फोरजी सेवा सञ्चालनका लागि जडान गरिएको उक्त टावरले मुर्माटप क्षेत्रमा मात्र सेवा उपलब्ध गराउने नभई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रहरूमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनको रूपमा समेत कार्य गर्नेछ । यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमका मोबाइल तथा डाटा सेवाको गुणस्तर र पहुँच थप सुदृढ हुने विश्वास गरिएको छ ।

यो भन्दा पहिले २०७६ मंसिर १९ देखि नेपाल टेलिकमले रारा ताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालन गरेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...
spot_img