Tuesday, June 30, 2026
spot_img

चिया निर्यातमा भारतीय अवरोध हट्यो

spot_img
spot_img

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु भएको छ । भारतीय चिया बोर्डले गुणस्तर परीक्षणको नाममा रोकेको निकासी फेरी सुरु भएको हो ।

कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड लागु गरेसँगै काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् ।

२ महिनासम्म निकासी प्रभावित हुँदा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । नेपाल चिया उत्पादक संघका अनुसार सोमबार चिया बोकेका २ वटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरेका छन् ।

यसअघि बैशाख १८ गतेदेखि भारतले नेपालबाट जाने प्रत्येक गाडीमा लोड भएको चियाको अनिवार्य नमुना परीक्षण गर्नुपर्ने नियम लगाएको थियो । उक्त झन्झटिलो नियमका कारण निकासी ठप्प हुँदा ८६ वटा चिया उद्योग पूर्णरूपमा बन्द हुने अवस्थामा पुगेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...
spot_img