सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण लगानीकर्ताहरूमा नियमित तथा दीर्घकालीन लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको “सिटिजन्स सदाबहार योजना” SIP मा अब ग्राहकहरूले डिजिटल माध्यमबाट सहज रूपमा आवेदन दिन सक्ने भएका छन्।
बैंकका अनुसार ग्राहकहरुले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको DigiBank सेवामार्फत बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङ बाट नै प्रत्यक्ष रूपमा SIP आवेदन दर्ता गरी लगानी प्रक्रिया सुरु गर्न सक्नेछन् । यस सुविधाले SIP आवेदन प्रक्रियालाई अझ सरल, छिटो तथा सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
बैंकले २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ३७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।












